महालक्ष्मी विकास बैंकले २१ प्रतिशतको लाभांश दिने

काठमाडौं । महालक्ष्मी विकास बैंंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा पुस २५ गते हुने भएको छ ।

बैंकको पुस २ गते बसेको सञ्चालक समितिको ५०६औँ बैठकको निर्णयअनुसार विकास बैंंकको २०औँ वार्षिक साधारण सभा पुस २५ गते बिहान ११ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, टुँडिखेल, काठमाडौँमा हुने भएको छ ।

वार्षिक साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेस गरिने बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस बैंकको कर्जा प्रवाह १६ प्रतिशत तथा निक्षेप सङ्कलन ६ प्रतिशतले बढेको बैंकको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =