दीक्षित विद्यार्थी सचेत, शिष्ट र इमान्दार नागरिक : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधान मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले उच्च शिक्षा हासिल गरी दीक्षित भएका विद्यार्थी समाजमा सचेत, शिष्ट र इमान्दार नागरिकको रुपमा रहने विश्वास व्यक्त गरेका छन् ।

त्रिविको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा व्यक्तिगत जिवन, राष्ट्रको उन्नती र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्ने बताए ।

उच्च शिक्षाको अवसर सबैमा समान रुपमा सुरक्षित हुनुपर्ने बताउँदै प्रधान मन्त्री तथा कुलपति देउवाले कतिपय विकसित देशमा आधारभूत शिक्षामात्र निःशुल्क नगरी विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको उल्लेख गरे ।

May be an image of 3 people and people standing

हाम्रो देशमा पनि आर्थिक हैसियत राम्रो भएका सीमित वर्गमा मात्र उच्च शिक्षाको पहुँच हुनुहुँदैन भन्ने सरकारको मान्यता रहेको उनले बताए । समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रुपमा उच्च शिक्षा प्राप्त गर्ने, आफ्नो प्रतिभा र सिर्जना राष्ट्र निर्माणमा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व रहेको प्रधान मन्त्री देउवाको भनाइ छ ।

आफ्नो जीवन र परिवारको सुन्दर भविष्य निर्माण गर्दै देश र जनताको सेवा गर्न सुशिक्षित र सुयोग्य नागरिक बन्ने तपाईँ र अभिभावकहरूको सपना आज साकार भएको बताउँदै प्रधान मन्त्री देउवाले समाजमा सचेत, शिष्ट र इमान्दार नागरिकको रुपमा दीक्षित विद्यार्थीले आफूलाई उभ्याउने विश्वास व्यक्त गरे ।

May be an image of standing and outdoors

दीक्षान्त समारोहमा यो वर्ष विभिन्न अध्ययन संस्थान र संकायबाट उत्तीर्ण २९ हजार ७ सय २९ विद्यार्थीहरु दीक्षित भएका छन् । समारोह त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *