हुथी विद्रोहीद्धारा यमनमा नयाँ क्षेत्र कब्जा गर्ने प्रयास

यमन । हुथी विद्रोहीहरुले यहाँको एक नयाँ क्षेत्र कब्जा गर्ने प्रयास गरेका छन् । उनीहरुले सरकारी सुरक्षा निकायबाट सो क्षेत्र कब्जा गर्ने प्रयास थालेका बताइएको हो । यमनका विद्रोहीहरुले यमनको उत्तरपूर्वी क्षेत्रमा रहेको सो अल जबाफ नामको शहर कब्जा गर्ने प्रयास गरेका हुन् । उनीहरुले सो क्षेत्र कब्जा गर्नका लागि शनिबार रातिदेखि नै निकै प्रयास थालेका थिए ।

उनीहरुले निकै नै शक्तिशाली हतियारबाट सो शहरमा आक्रमण गरेका बताइएको छ । अल जबाफ प्रान्तामा रहेको अल जबाफ शहर उनीहरुले कब्जा गर्न थालेका हुन् । उनीहरुले सो क्षेत्र निकै रणनीतिक रुपमा महत्वको रहेकाले आक्रमण थालेका र आफ्नो बनाउन खोजेका बताइएको छ । सो शहर साउदी अरेबियाको सीमा क्षेत्रमा पर्दछ । यहाँ हुथीहरुले अधिकांश क्षेत्रहरु कब्जामा लिइसकेका सैनिक स्रोतले जनाएको छ ।

सैनिक स्रोतकाअनुसार सो क्षेत्रका अधिकांश क्षेत्र कब्जामा लिइएको र त्यहाँबाट सुरक्षाकर्मीहरु पनि भागेर अन्यत्रै पुगेका पनि बताइएको छ । आफ्नो नाम बताउन नचाहने एकजना सैनिक अधिकारीले भने सो शहरका अधिकांश भागमा हुथीहरुले कब्जा जमाइसकेका छन् । अहिले यहाँको सेनाले साउदी अरेबयाको सहयोग रहेको छ । यहाँको सेना साउदी अरेबियाको सेनाले नेतृत्व गरेर विभिन्न हवाई कारबाही गर्ने गरेको छ ।

यसरी हुथीहरुका विरुद्धमा गर्ने गरिएको कारबाहीमा परेर कैयौँ हुथीहरुको ज्यान जाने गरेको छ । तर यो पछिल्लो आक्रमण भने हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमा क्षेत्रमा नै पुगेर गरेका बताइएको छ । सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *