सहमहामन्त्री पाण्डेलाई प्रतिस्पर्धी शाहीको बधाई

सुर्खेत । नवनिर्वाचित कांग्रेस सहमहा मन्त्री बद्री पाण्डेलाई सहमहा मन्त्रीकै प्रत्यासी जीवनबहादुर शाहीले बधाई दिएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस सहमहा मन्त्रीका प्रत्यासी जीवनबहादुर शाहीले आइतबार पाण्डेलाई आफ्नै निवासमा बोलाएर बधाई दिएका हुन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कांग्रेस पिछडिएको क्षेत्रबाट सहमहा मन्त्री नवनिर्वाचित बद्री पाण्डेलाई बधाई दिन प्रत्यासी जीवन शाहीले आफ्नै निवासमा बोलाएको एक नेताले बताए ।

ती नेताका अनुसार कांग्रेसको आन्तरिक पार्टीको चुनावमा आफू सहमहा मन्त्रीमा पराजित भए पनि १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको भन्दै बधाई दिएका हुन् ।

शुक्रबार सम्पन्न सहमहा मन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाहीले बद्री पाण्डेसँग २७८ मतले पराजित भएका थिए भने पाण्डेले २४११ मत र शाहीले २१३३ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =