भक्तपुरमा ह्युमपाइपभित्र भेटियाे भरुवा बन्दुक
२०७८ पुस ३ गते

फाइल तस्बिर
भादगाउँ । भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ । चाँगुनारायण नगरपालिका–६ पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइपभित्र एक थान भरुवा बन्दुक फेला परेको हो ।
बन्दुक कसले कुन प्रयोजनका लागि ल्याएर लुकाएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भरुवा बन्दुकबारे स्थानीयवासीले खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । रासस
२०७८ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित








