हत्याको आरोपमा एक पक्राउ

बनियानी । धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक–२ का २५ वर्षीय तेजप्रकाश पराजुलीलाई धाराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो हतियार प्रहार गरेका थिए । उनको उपचारका क्रममा बिएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको थियो ।

यही पुस १ गते लिम्बूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रिसइवीको कारणले हतियार प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको धारिलो हतियार दाउ एक थान, झोला, कालो रङ्गको जुत्ता र अन्य कपडा प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका लिम्बूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =