यी ६७ देशबाट आउने यात्रुलाई होटेल क्वारेन्टिन अनिवार्य (सूचनासहित)

काठमाडौं । कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि ६७ देशबाट आउने यात्रुले सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । शुक्रबार साँझ अध्यागमन विभागले ओमिक्रोन भेरियन्टको जोखिम कम गर्न भन्दै मलेसियासहति ६७ देशबाट आउने यात्रुलाई सात दिन होटेल क्वारेन्टिनमा बस्न भनेको हो ।

होटेल क्वारेन्टिनको खर्च यात्रुहरू आफैले बेहोर्नुपर्ने छ । सात दिनपछि कोरोना परीक्षण गराउनु पर्ने जनाइएको छ । नतिजा नेगेटिभ आएमा पनि फेरि सातदिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ । कोरोना पोजिटिभ देखिएमा भने आइसोलेसन सेन्टर वा अस्पताल भर्ना हुनुपर्ने छ ।

हेर्नुहोस् सूचना :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =