कृषि विकास बैंकद्वारा लाभांश घोषणा

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले २१ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ १.९५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यसका साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *