सेयर बजार राताम्मे, कारोबार रकम सवा २ अर्बमा सीमित

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक ३७.८७ अङ्कले घटेको छ ।
हिजो ‘बुधबार पनि सेयर बजार ५ अकंले घटेर ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६ सय ६७ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.५७ प्रतिशतले घटेर २३७६.७४  बिन्दुमा आइपुगेको छ ।
सेन्सेटिभ इन्डेक्स ५.८८ अङ्कले घटेर ४५३.५३ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ वटा मात्र उपसमूह बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् ।
बिहीबार २ सय २४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० कित्ता सेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँमा खरिदबिक्री भएको छ । यस दिन नेपाल बगंलादेश बैंक लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *