इन्जिनमा समस्या आएपछि बुद्ध एयरको जहाज भरतपुरमा आकस्मिक अवतरण

काठमाडौँ । बुद्ध एयरको ९एन–एईई बीचक्राफ्ट जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

बुद्ध एयरका अनुसार भरतपुरबाट काठमाडौंका लागि उडेको उक्त जहाज विमानस्थलबाट उड्नासाथ इन्जिनमा समस्या देखिएको थियो । दिउँसो १ बजेर १६ मिनेटमा जहाज उडेको थियो । उठेको २ मिनेटमै भरतपुर विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो ।

कम्पनीका अनुसार जहाजमा १७ जना वयस्क, १ जना बालक र १ जना नवजात शिशु गरी १९ यात्रु सवार थिए । त्यस्तै पाइलट, कोपाइल र परिचारिका गरी चालक दलका ३ सदस्य थिए ।

यात्रु र चाकलकदलका सबै सदस्य सुरक्षित रहेका छन् । यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *