एसेसमा कोरोना छाँया: कमिन्स कन्ट्रयाक ट्रेसिङमा परेपछि स्मिथ अस्ट्रेलियाको कप्तान

काठमाडाैँ । अस्ट्रेलिया र इंग्ल्यान्डबीचको जारी एसेस सिरिजको दोस्रो टेस्टमा अस्ट्रेलियाली टीम स्टिभ स्मिथले कप्तानी गर्ने भएका छन् । आजबाट सुरु भएको डे-नाइट टेस्टमा कप्तान प्याट कमिन्स छैनन् ।

अस्ट्रेलियाका नियमित कप्तान कमिन्स कोरोना संक्रमितको सम्पर्कमा आएको भन्दै कन्ट्रयाक ट्रेसिङमा परेपछि उनले यो टेस्ट गुमाउने भएका छन् । यसअघि ८ देखी १२ डिसेम्बर सम्म चलेको पहिलो टेस्टमा अस्ट्रेलियाले सहज जित हासिल गरेको थियो ।

रेस्टुँरामा संक्रमितको सम्पर्कमा कमिन्स
क्रिकेट अस्ट्रेलियाकाअनुसार बुधबार राति कमिन्स कोरोना संक्रमितको सम्पर्कमा पुगेको पुष्टि भएको छ । कमिन्स रेस्टुरेन्टमा एक कोरोना संक्रमितको क्लोज कन्ट्याकमा आएका थिए ।

उनी एडिलेडको एक रेस्टुरेन्टमा खाना खाइरहेका थिए । केही समय पछि उनी बसेको छेउको टेबलका ब्यक्ति कोरोना पोजेटिभ रहेको पुष्टि भएको थियो । खबर थाहा पाउनासाथ कमिन्स तुरुन्तै त्यहाँबाट बाहिरिएका थिए । तर पनि अब उनी सात दिन आइसोलेशनमा रहनुपर्ने भएको छ ।

अस्ट्रेलियाली खेलाडी मिचेल स्टर्क र नाथन लियोन पनि उनीसँगै रेस्टुरेन्टमा खाना खान गएका थिए । तर उनीहरु केही टाढा रहेकाले कन्ट्रयाक ट्रेसिङमा भने नपरेको जनाइएको छ । यससँगै कमिन्सको स्थानमा मिचेल नासेरले दोस्रो टेस्टमा डेब्यु गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =