प्राधिकरणको महसुल काउन्टर पुस ५ सम्म बन्द

काठमाडौँ । नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत् प्राधिकरणले यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ ।

विद्युत् नियमन आयोगको निर्णय अनुसार गत मंसिर महिनाको महसुल परिवर्तित महसुल अनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ । आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक रु ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ ।

सोही व्यवस्थालगायत महसुलका अन्य व्यवस्था कार्यान्वयन गर्नका लागि महसुल काउन्टर पुस ५ गतेसम्मका लागि बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

नयाँ महसुल दर अनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउन काउन्टर बन्द गरेर आवश्यक व्यवस्था गर्न लागिएको प्राधिकरणले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *