एमसीसी अनुमोदन गर्न बाेर्डकाे पुनः आग्रह

काठमाडौँ । अमेरिकी सहयोग संस्था मेलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)ले नेपालसँग भएको सहयोगसम्बन्धी कम्प्याक्ट सम्झौता संसदबाट अनुमोदन गर्ने नेपाललाई पुनः आग्रह गरेको छ ।

एमसीसी मुख्यालय वासिङटन डिसीमा बसेको एमसीसी बोर्डको समीक्षा बैठकले उक्त कम्प्याक्ट सम्झौता संसदबाट अनुमोदन गर्न नेपाललाई पुनः आग्रह गरेको हो ।

एमसीसी बोर्ड बैठकमा नेपालसँग भएको कम्प्याक्ट सम्झौताको हालसम्मको अवस्था र प्रगतिबारे छलफल भएको थियो । बैठकपछि एमसीसी बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘एमसीसी बोर्ड बैठकले नेपाल सरकारले एमसीसी कम्प्याक्ट चाँडै अनुमोदन गर्ने भनि जनाएको प्रतिबद्धतालाई जानकारीमा लिएको छ ।’

गत महिना नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले सम्झौता अनुमोदन गर्ने वा फिर्ता गर्ने निर्णय लिन नेपाली राजनीतिक दल र सरकार प्रमुखसँग आग्रह गरेका थिए।

त्यसअघि एमसीसी प्रमुख नै आएर नेपालका सरकार प्रधानमन्त्री, मन्त्री लगायत राजनीतिक दलका नेताहरुलाई भेट गरी एमसीसी सम्झौता यथाशीघ्र अनुमोदन गर्न आग्रह गरेकी थिइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति समक्ष संसद वैठक आह्वान गर्न आग्रह गरेपछि एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदनको विषयले फेरि प्रमुखता पाउन थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *