प्रचण्डले फेरि भने- सेयर बजार साम्राज्यवादकै रूप हाे

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजार साम्राज्यवादकै रुप भएको फेरि बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सेयर बजारबारे प्रचण्डले लेनिनभन्दा पनि जान्ने भएर बोलेको भन्दै आलोचना गरेपछि त्यसको जवाफमा अध्यक्ष प्रचण्डले एक बक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

बक्तव्यमा उनले भनेका छन्– ‘मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।’

उनले सेयर बजारका लगानीकर्तालाई सम्बोधन गर्दै भनेका छन्– ‘दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *