निफ्राको ८ प्रतिशत लाभांश पारित

काठमाडौँ । नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बुधबार तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहेका अनुज अग्रवालको अध्यक्षतामा साधारणसभा भएको हो ।

सधारणसभामा आर्थिक वर्ष २०७७/७८ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गगिएको छ ।

त्यस्तै उक्त सभाले आ.व. २०७७/७८ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी रु. बीस अर्बको आठ प्रतिशत बोनस शेयर प्रदान गर्ने र सोको कर प्रयोजनको लागि शुन्य दशमलव चार दुई प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

त्यस्तै, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको निर्वाचन गर्ने कार्यक्रम रहेको उक्त सभाबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।

सभामा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र शंकर प्रसाद अधिकारीको उपस्थिती रहेको थियो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिती थियो ।

कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्य जोखिम बाट जोगिन÷जोगाउन आफ्ना शेयरधनीहरु अनलाईन माध्ययमबाट समेत सहभागी हुन सक्नेगरी सभाको कार्यक्रम तय गरिएको थियो भने सभामा प्रत्यक्ष रुपमा उपस्थित हुने शेयरधनी महानुभावहरुलाई समेत स्वास्थ्य सम्बन्धी मापदण्डहरु पुर्ण पालना हुने व्यवस्था मिलाइएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *