महासंघका अध्यक्ष गोल्छा भन्छन्– एमसीसी पास गरौँ
२०७८ मंसिर २९ गते

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकाको एमसीसी अनुदान सहयोग उपयोग गर्नुपर्ने बताएका छन् ।
महासंघले बुधबार आयोजना गरेको नव उत्थान सम्मेलनमा बोल्दै गोल्छाले तत्काल एमसीसी कम्प्याक्ट सम्झौता पास गरेर कार्यान्वयनमा अघि बढ्नु पर्ने बताए ।
‘पाँच महिनासम्म एक रुपैयाँ पनि अनुदान नआएको कुरा माननीय अर्थमन्त्री ज्यूलाई थाहा भएकै कुरा हो,’ अर्थमन्त्री जनादर्शन शर्मा समेत उपस्थित उक्त कार्यक्रममा अध्यक्ष गोल्छाले भने, ‘अर्कोतिर विदेशी लगानी यसै पनि पर्याप्त छैन। यस्तोमा हामीले एमसीसी जस्ता परियोजना कार्यान्वयन गर्न आवश्यक छ।’
अर्थमन्त्री शर्माको पार्टी नेकपा माओवादी केन्द्रले एमसीसीको विरोध गर्दै आएको छ । केही दलकाे विराेधकै कारण संसदबाट एमसीसी कम्प्याक्ट सम्झाैता पास हुन सकेकाे छैन ।
२०७८ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित









