चन्दा नपाएको रीस प्रचण्डले सेयर बजारमा पोखे : ‌ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेनिनभन्दा बढी जान्ने भएर सेयर बजारलाई साम्राज्यवादको रुप भनिदिएको आरोप लगाएका छन् ।

बुधबार शपथ लिएका एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले प्रचण्डले सेयर बजारसम्बन्धी दिएको अभिव्यक्तिको खण्डन गर्दै लेनिनभन्दा बढी जान्ने भएर प्रतिक्रिया दिएको जनाएका हुन् ।

‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए । प्रचण्डले त्योभन्दा बढ्ता जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भने, ‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवनमा के असर पर्छ कुनै मतलब छैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला; अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए ।’

‘हामीले यस्तो बोलेको भए माइतीघरले पुग्दैनथ्यो, सडक तात्थे,’ ओलीले भने, ‘अहिले त सब चुपचाप छन् । किनकी सबै अस्थिरता फैलाउने तत्वहरू हुन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *