ब्याजदर निर्धारणबारे निजी क्षेत्रको राय बाझियो : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ब्याजदरलाई बजारमा छोड्ने कि नियन्त्रण गर्ने भन्ने विषयमा निजी क्षेत्रले नै राय दिनुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नव उत्थान सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
ब्याजदर नियन्त्रण गर्नुपर्ने र ब्याजदर निर्धारणको काम बजारलाई छोड्नुपर्छ भन्ने दुबैथरी विचार निजी क्षेत्रबाट आएको भन्दै उनले सबैले एउटै राय वा अवधारणा निर्माण गर्न आग्रह गरे ।
‘ब्याजदरलाई बजारमै छोड्नुपर्छ भन्ने जबरजस्थ तर्क छ,’ उनले भने, ‘अर्कोतिर नियामकले नियन्त्रण गर्नुपर्छ भन्ने पनि छ। गर्ने के हो ? तपाईंहरु आफै बैंकर पनि हुनुहुन्छ। उद्योगी पनि हुनुहुन्छ। तपाईंहरुले यसमा आफ्नो राय दिनुहोस् ।’
शर्माले बैंकमा तरलता अभाव देखिएको र यसले ब्याजदर बढ्ने जोखिम रहेको भन्दै यसप्रति सरकार सचेतपूर्वक अघिबढिरहेको बताए । समेत बताए ।









