धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न बन्यो अर्को समिति
२०७८ मंसिर २९ गते

काठमाडौँ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न नयाँ समिति गठन गरेको छ ।
राष्ट्रिय योजना आयागका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा गठित समितिमा अर्थमनत्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जीवनाथ धिताल रहेका छन् ।
यसअघि मन्त्रिपरिषद्ले निर्णय नगरी अर्थमन्त्रालयले मात्रै छनोट समिति गठन गरेको भन्दै विरोध भएको थियो ।
यसअघिको समतिमा प्राडा. नारायणप्रसाद पौडेललाई विज्ञ सदस्य बनाइएको थियो ।
२०७८ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित









