प्रदेश १ का मुख्यमन्त्रीको काठमाडौँ सम्पर्क कार्यालय बन्द

विराटनगर । लामो समयसम्म राष्ट्र बैँकको आवास गृहमा बस्दै आएका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सरकारी आवासमा सरेका छन् । यसअघि प्रदेश प्रमुख बस्दै आएको मोरङ सुनसरी सिँचाई आयोजनाको भवनमा मुख्यमन्त्री राई सरेका हुन् ।

आवास गृहमा सरेपछि संचारकर्मीसँग कुरा गर्दै राईले मुख्यमन्त्री र मन्त्रीहरूको आवास सरकारी भवनलाई नै बनाउने दाबी गरे । निजी भवनमा भाडामा बस्दा सरकारको खर्च बढ्ने बताएका राईले प्रदेशका सबै मन्त्रीहरू सरकारी भवनमा नै बस्ने व्यवस्था मिलाउने बताए ।

‘खाली सरकारी भवनको खाजी कार्य भइरहेको छ,’ मुख्यमन्त्री राईले भने, ‘चाँडै अरू मन्त्रीहरूलाई पनि सरकारी भवनमै आवासको व्यवस्था मिलाइनेछ ।’

मुख्यमन्त्री राईले काठमाडौँमा रहेको मुख्यमन्त्रीको सम्पर्क कार्यालय र क्वाटर पनि बन्द गरिएको बताएका छन् । काठमाडौँ जाँदाको अवस्थामा सरकारी भवन नै उपलब्ध रहेकोले त्यसैमा बस्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *