एनसीसी बैंक २५ औँ वर्षमा, ५ कर्मचारी सम्मानित

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक स्थापनाको २५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

२५ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो । यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत सङ्कलन भएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम पनि गरेको छ ।

उक्त अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेशराज अर्यालले बैङ्किङ बजारमा बैंकको उपस्थिति थप बलियो बनाउँदै लैजाने गरी काम गरिरहेको बताए ।

बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ । जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगल बहादुर बलामी र राजमान डंगोल रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *