टेलिकमको ‘ब्राण्ड एम्बेसडर’ मह जोडी

काठमाडौं । मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका हुन।

कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरूको सहभागिता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडीले स्वागत मन्तव्य राखेका थिए ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यङ्ग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको “ब्रान्ड एम्बेसडर” नियुक्त गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताए ।

यस सम्झौतापछि ब्रान्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरूको प्रचारात्मक कार्य, ब्रान्ड प्रवर्द्धन तथा ब्रान्ड संरक्षण सम्बन्धी कार्यहरू गर्नैछ्न। हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =