एमसीसीको विरोधमा संसद् भवन घेर्न पुगेका दर्जनौँ प्रदर्शनकारी पक्राउ (तस्बिरहरू)

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा संसद् भवन नयाँ बानेश्वर घेराउ गर्न पुगेका विभिन्न ६ पार्टीका दर्जनौँ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेडमा समेत तोडफोड गरेका थिए । पक्राउ परेका प्रदर्शनकारीहरूलाई अहिले बानेश्वर वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।

आजदेखि सुरु भएको संघीय संसद्को अधिवेशनबाट एमसीसी पारित गर्ने तयारी रहेको भन्दै नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र देशभक्त जनतान्त्रिक मोर्चाका कार्यकर्ताहरू सम्झौता खारेजीको माग गर्दै संसद् भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *