लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा समावेश

काठमाडौं । लक्ष्मी बैंक ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ)’मा समावेश भएको छ।

पीक्याफ हरित गृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयोग पुर्‍याउने विश्वभरका वित्तीय संस्थाहरू बिचको सहकार्य हो ।

साइन्स बेस्ड टार्गेट इनिसिएटीभले पनि पीक्याफको विधिलाई वित्तीय उत्पादनहरूको हरित गृह ग्यास उत्सर्जनको मूल्याङ्कन गर्ने विश्वव्यापी विधिको मान्यता दिएको छ ।

पीक्याफमा सामेल भई नेट–शून्य भविष्यतर्फ अग्रसर हुँदा कोप–२६ मा नेपालको राष्ट्रिय प्रतिबद्धतालाई समेत सहयोग पुग्ने र जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालन माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्न सघाउ पुर्‍याउने बैंकले दाबी गरेको छ ।

‘हाम्रो व्यवसायबाट हुने वित्तीय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्याङ्कन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने, ‘पीक्याफ दिगो पर्यावरणको संरक्षणका लागि बैंकको ओरेन्ज लभ्सग्रीन पहल सँगसमेत जोडिएको छ । तसर्थ, हामी हाम्रा भावी पुस्ताका लागि संरक्षण प्रवर्द्धन गर्न ठोस र अर्थपूर्ण कार्यहरू गर्न प्रतिबद्ध छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *