नविल बैंकद्वारा एसएसई फेलोसिपका लागि आवेदन आह्वान

काठमाडौं । नविल बैंक लिमिटेडले नविल एसएसई फेलोसिप कार्यक्रम २०२२ का लागि आवेदन आह्वान गरेको छ ।

बैंकले नविल एसएसई तथा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टले नविल एसएसई फेलोसिप कार्यक्रम २०२२ को लागि आवेदन आह्वान गरेको हो ।

जीविकोपार्जन, क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य सेवा, कला तथा सामुदायिक हित, ऊर्जा आदि क्षेत्रमा देशभर सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सो फेलोसिप कार्यक्रम राखिएको बैंकले जनाएको छ ।

फेलोसिप कार्यक्रममा सहभागी हुनको लागि आवेदक १८ वर्षदेखि ५० वर्षसम्मको नेपाली नागरिक हुनुपर्ने बैंकले जनाएको छ । त्यस्तै, आवेदकले त्रिवि दर्ता नं. वा त्रिविको कुनै पनि सङ्कायमा सम्बद्धता भएको प्रमाणित हुने कागजपत्र पेस गर्नुपर्नेछ । प्रशिक्षण नेपाली र अङ्ग्रेजी दुवै भाषामा हुनेछ ।

आवेदकसँग कामको सम्बन्धमा अङ्ग्रेजी र नेपाली दुवै भाषाको जानकारी भएको हुनुपर्नेछ । यद्यपि, भाषा कुनै रोकावट नहुने बताइएको छ । प्रशिक्षार्थीले फेलोसिप कार्यक्रमको ६ महिना अवधिभर प्रत्येक महिना न्यूनतम ३ देखि ४ दिन उपस्थिति हुने प्रतिबद्धता जनाउनु पर्नेछ ।

साथै प्रशिक्षण सम्पन्न गर्न न्यूनतम ९० प्रतिशत हाजिरी अनिवार्य हुनुपर्ने बताइएको छ । प्रशिक्षार्थीले फेलोसिपमा भाग लिन आउँदा लाग्ने सम्पूर्ण यातायात खर्च आवेदक स्वयंमले व्यहोर्नु पर्नेछ ।

फेलोसिपमा सहभागी हुने प्रशिक्षार्थीलाई बस्ने र खाने सुविधा उपलब्ध गराइनेछ । आवेदकले आफूले समाधान गर्न चाहेको सामाजिक समस्या र चुनौतीको निश्चित रूपमा पहिचान गरेको हुनुपर्नेछ । आवेदकसँग उक्त पहिचान गरिएको समस्या समाधान गर्नुपर्ने खाकासमेत हुनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *