प्रचण्डको सेयर बजारविरोधी अभिव्यक्तिप्रति लगानीकर्ता आक्रोशित
२०७८ मंसिर २७ गते

फाइल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको अभिव्यक्ति दिएपछि लगानीकर्ता आक्रोशित बनेका छन् ।
प्रदेश पाँच सेयर लगानीकर्ता फोरमले पार्टीका अध्यक्षजस्तो गरिमामय पदमा भएको व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको विरोध गरेको छ ।
सरकारमा भएको पार्टीको अध्यक्ष जस्तो गरिमामय पदमा भएको व्यक्तिबाट आएको सेयर बजार विरोधी अभिव्यक्ति अर्थात पुँजी बजारलाई वित्तीय एकाधिकार पुँजी बजार एंव नयाँ विकसित साम्राज्यवादको संज्ञा दिनुले खुला अर्थनीति एवम उदारवादको विरुद्ध लगानीकर्तालाई निरुत्साहित परेको फोरमले जनाएको छ ।
प्रचण्डले गत शनिबार दिएको यस्तो अभिव्यक्तिले सेयर बजार लगातार ओरालो लागिरहेको छ ।

२०७८ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








