सुरुङ्गामा माछापुच्छ्रे बैंकको क्युआर कोड

काठमाडौं । माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानीय व्यवसायिहरुलाई क्युआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ ।

नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने  लक्ष्यका साथ सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले सयुक्त रूपमा औपचारिक उद्घाटन गरेका हुन।

उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङ्गको अपरिहार्यताका बारेमा प्रकाश पारे ।

उक्त कार्यक्रम माछापुच्छ्रे बैंक प्रदेश नं. ०१ का प्रदेश प्रमुख दीपेन्द्र प्रसाद वाग्ले र दायित्व तथा बाह्य मामिला विभाग उप–प्रमुख प्रतिमा पाण्डेको उपस्थितिले स्थानीय व्यवसायिहरुलाई क्युआर कोड र डिजिटल बैंकिङ्गको बारेमा थप जानकारी लिन सहज भएको थियो ।

उक्त क्युआर कोड सेवा सुरु भएसङै ग्राहकहरूले आफूले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *