सेयर बजार सुधारका लागि कार्यदल गठन

सरकारले पुँजी बजार नबुझ्दा अहिलेको अवस्था आएको कार्यदलको ठहर

काठमाडौँ । सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि बजारका लगानीकर्ताहरुको संघसंस्थाले एक कार्यदल गठन गर्दै सरकारसँग बजार सुधारको माग गरेका छन् । सेयर बजारमा देखिएको ‘बियरिस ट्रेन्ड’का कारण लगानी डुब्ने खतरा देखिएपछि लगानीकर्ताका संघसंस्था मिलेर कार्यदल गठन गरेका हुन् ।

सेयर लगानीकर्त अम्बिका प्रसाद पौडेलको संयोजकत्वमा गठन भएको उक्त कार्यदलले सरकारले सेयर बजारलाई बुझ्न नसकेको निष्कर्षसमेत निकालेको छ । सरकारले पुँजी बजारलाई बुझेर यसका समस्या सम्बोधन गर्न नसक्दा यसको घाटा सरकार र लगानीकर्ता दुबैलाई भएको उक्त कार्यदलको निष्कर्ष छ ।

खासगरी ३ वर्षअघि सेयर बजारसम्बन्धी समस्या समाधानका लागि आफूहरुले ५८ बुँदे सुझाव दिए पनि पूर्ण रुपमा कार्यान्वयन नहुँदा यस्तो समस्या आएको कार्यदलका संयोजक पौडलेको भनाइ छ । उक्त सुझाव कार्यान्वयन गर्नुभन्दा पनि पछिल्लो समय सरकारले सेयर बजारलाई नकारात्मक प्रभाव पार्ने नीति ल्याएको कार्यदलले ठहर गरेको छ । तर, सरकार र नेतृत्व जिम्मेवार भएर प्रस्तुत हुन सके सेयर बजार फेरि सम्हालिने उनको भनाइ छ ।

सरकारको अर्थमन्त्रालय जस्तो निकायकै नेतृत्व गरिरहेको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै सेयर बजारबारे नकारात्मक अभिव्यक्ति दिएपछि सेयर बजार घट्ने क्रम रोकिएको छैन ।

कार्यदलले पुँजी बजारमा देखिएको संकट समाधानका लागि धितोपत्र बोर्ड र नेप्सेका प्रमुख तत्काल नियुक्त गर्न, सेयर धिताे कर्जामा राष्ट्र बैंकले लगाएकाे सीमा बढाउन र ५८ बुँदे सुझावका बाँकी काम पूरा गर्न कार्यलद बनाउन समेत माग गरेको छ ।

सेयर बजार पुँजीकरण ४५ खर्ब रुपैयाँ पुगिसकेको अवस्थामा बजार ओरालो लाग्दा अहिलेसम्म १२ अर्ब पूँजी बजारले गुमाइसकेको भन्दै कार्यदलले सम्वेदनशील बन्न सबैलाई आग्रह छ । ४७ लाखभन्दा बढी डिम्याट खाता भएकाहरुबाट १२ खर्ब रुपैयाँभन्दा बढी पूँजी गुमेको कार्यदलको गहर छ ।

सरकारको एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारप्रति नकारात्मक टिप्पणी गरेका कारण सोमबार समेत ७९ अंकले बजार घटेको छ । आइतबार पनि ८८ अंकले बजार घटेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *