बीमा कम्पनीहरु सहर र व्यवसायमा मात्र केन्द्रित भए : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनादर्न शर्माले बीमा कम्पनीहरू सहर तथा व्यवसायमा मात्रै केन्द्रित भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले बीमा कम्पनीहरूले गाउँघरमा गएर त्यहाँका जनताको जोखिम हेरेर बीमा गर्नुपर्ने बताए ।

त्यसका लागि आवश्यक कानुनी सहजताका लागि सम्बन्धित नियमनकारी निकायसँग अर्थ मन्त्रालय सहयोग गर्न तयार रहेको उहाको भनाइ छ ।

बीमा सम्बन्धी पुरानो ऐन कानुनमा संशोधन आवश्यक रहेको समेत उनले बताएका छन् । उनले बीमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत सोहीअनुरूप विकसित गराउँदै लैजानुपर्ने उनको भनाई छ ।

उनले पूर्वाधार, व्यवसाय, जनताका विविध जोखिम, किसानका जोखिमलगायतका जोखिमको राम्रोसँग पहिचान गर्न सक्नुपर्ने बताए । जोखिम पहिचान नगरेसम्म बीमा गर्नमा समेत समस्या हुने बताउँदै उनले पहिले सबै जोखिमको पहिचान गर्नुपर्नेमा जोड दिए ।

बीमा समितिको कार्यालय भवन ललितपुर–१० स्थित कुपण्डोलमा निर्माण हुन लागेको हो । दश महिनामा निर्माण कार्य सक्ने गरी आशिस–माउन्ट पुमोरी जेभीले निर्माण जिम्मा पाएको छ । निर्माणको लागत ४१ करोड ९२ लाख रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *