मेरो नाममा भ्रम छरेर सेयर बजारमा चलखेल भयो : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थन्त्री जनार्दन शर्माले आफ्नो नाम लिएर सेयर बजारमा चलखेल भइरहेको बताएका छन् ।

मन्त्रीले सेयर बजार घटायो भन्ने सजिलो तरिका बजारमा देखिएको छ,’ बीमा समितिको नयाँ कार्यालय भवनकाे शिलान्यास गर्दै सोमबार उनले भने, ‘घटाउने मान्छे कहाँ कहाँ हुन्छन्, कसले घटाउँछन्, कसले बढाउँछन् त्यही संस्थालाई थाहा होला ।’

सेयर बजारमा हुने ‘इन्साइडर ट्रेडिङ’ तर्फबाट ध्यान हाउन खोजिएको र बजारका सत्य कुरा नबुझाउन केहीले भ्रम छर्न अर्थमन्त्रीलाई दोष लगाइरहेको उनले बताए ।

‘फेरि तपाईलाई एउटा भ्रम दिँदै ठग्न सक्छन्,’ उनले भने, ‘नठगिएरै आफ्नो व्यवसाय गर्नु होला, त्यसमा अर्थमन्त्रीले बढाउने र घटाउने काम गर्दैन ।’

अर्थमन्त्रालयले बजार घटाउने र बढाउने नगर्ने तर यससँग सम्बन्धीत संस्थाहरुलाई पारदर्शी बनाउने, नीति नियम र कानुन बनाउने उनले बताए ।

बजारमा छरिने हल्ला र भ्रमले लाखौँ लगानीकर्तार्ला खतरा हुने भन्दै उनले यी विषयलाई बजारका सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।

लगानीकर्ताको लगानीको रक्षा तथा संरक्षण गर्ने कुरामा अर्थमन्त्रालय गम्भीर भएर त्यसतर्फ ध्यान दिइरहेको उनले बताए ।

‘सबै लगानीकर्ताको लगानीको सुरक्षित गर्न अर्थ मन्त्रालय लागेको छ,’ उनले भने ।

संस्थागत सुधार गर्नका लागि सेयर बजारमा भएका भित्री कुराहरु सुधार गर्न मन्त्रालय प्रयासरत रहेको उनले बताए । लगानीकर्ताको

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *