महालक्ष्मी विकास बैंकद्वारा टोखा नगरलाई पानीट्याङ्की सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंकका गंगबु शाखाले टोखा नगरलाई पानीट्याङ्की सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले टोखा नगरपालिकाको वडा नं. ११ मा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानि ट्याङ्की सहयोग प्रदान गरेको जनाएको छ ।

वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच गंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानि ट्याङ्कीहरु टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिलाई हस्तान्तरण गरे ।

कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस्तै टोखा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष उत्तम अधिकारिले सरकारले मात्रै विकास निर्माणका सबै काम गर्न नसक्ने भएकाले यस्ता विभिन्न संघसंस्थाले पनि सहयोग गरेमा समृद्ध वडा निर्माण गर्न सकिने बताए ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै वित्तीय सेवा प्रदान गरिरहेको यस बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *