बीओकेका ग्राहकले लाइफ लाइन हेल्थ केयरमा १५ प्रतिशत छुट पाउने
२०७८ मंसिर २६ गते

काठमाडौँ । बैंक अफ काठमाण्डूका ग्राहकले लाइफ लाइन होम हेल्थ केयर प्रालिको स्वास्थ्य सेवामा १५ प्रतशितसम्म छुट पाउने भएका छन् ।
उक्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको बैंकले जनाएको छ।
सम्झौताअनुसार ग्राहकले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५ प्रतिशत र पीसीआर चेकजाच तथा नर्सिङ सेवामा १० प्रतिशत छुट पाउने छन् । ग्राहकले उक्त सेवा पाउन बैंकको मोबाइल बैंकिङ तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
लाइफ लाइन होम हेल्थ केयरले ललितपुर जिल्लाको पुल्चोकबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।
२०७८ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित









