मंगलम् इन्डस्ट्रिजको प्लम्बर प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौँ । मंगलम् इन्डस्ट्रिजले देशको विभिन्न ठाउँँमा प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालगन्जबाट सुरु भएकोे यो प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम मंसिर महिनाभरि इटहरी, पोखरा र काठमाडौंमा आयोजना भएको थियो । अहिलेसम्म कार्यक्रममा लगभग एक हजार प्लम्बरहरुको सहभागिता रहेको आयोजक मंगलम् इन्डस्ट्रिजले बताएको छ ।

यस उद्योगमा भइरहेको नयाँँ प्रगतिबारे जानकारी गराउँदै पाइपिङ उद्योगमा सक्रिय प्लम्बरहरुलाई एक–अर्कासँग भेटघाट गराउने, सूचना आदान–प्रदान गर्ने र प्लम्बरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्धेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजक मंगलम इन्डस्ट्रिजले बताएको छ ।

कार्यक्रममा मंगलम् इन्डस्ट्रिजको बारेमा बिस्तृत जानकारी प्रस्तुत गरिनुको साथै नयाँँ योजना तथा अफरहरुको बारेमा पनि जानकारी गराइएको थियो । उक्त कार्यक्रममा हाजिरीजवाफ, नृत्य, लक्की ड्र, उपहार वितरण लगायत अन्य मनोरन्जनात्मक क्रियाकलापहरु पनि समावेश गरिएको थियो । यसको साथै कम्पनीको नयाँँ उत्पादन रेन प्रोको बारेमा पनि जानकारी दिइएको थियो । रेन प्रो बर्खायामको पानी संकलन र निस्कासनको लागि प्रयोग हुने पाइप हो ।
आउँदो महिनाहरुमा देशका अन्य शहरहरुमा पनि यस्तो कार्यक्रम सन्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

पाइप्स र फिटिङ्स निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन् २००९ मा स्थापना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *