५० पृष्ठ लामो ‘देशको माटो’ कविता विमोचन

काठमाडौँ । एक कार्यक्रमका बिच युवा कवि उमेश अवस्थीको कविता ‘देशको माटो’ विमोचन गरिएको छ । कैलाली बहुमुखी क्याम्पस धनगढीको सभा हलमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापा, क्याम्पस प्रमुख प्रा.डा. धर्मराज उपाध्याय र प्राध्यापक सङ्घका सभापति डा. लोक बहादुर विष्टले उक्त कविता संयुक्त रूपमा लोकार्पण गरेका थिए ।

विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रमको संयोजन तथा कविता प्रकाशन सह-प्राध्यापक मोहन सिंह साउदले गरेका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख, प्राध्यापक सङ्घका सभापति, क्याम्पस प्रशासन प्रमुख दिल बहादुर धामी र स्ववियू सभापति चुडामणि भट्टले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै सोही क्याम्पसका सहप्राध्यापक सिताराम भट्ट र ऐश्वर्य बहुमुखी क्याम्पसकी उपप्राध्यापक तुलसी शर्माले कवितामाथि टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन यमराज जोशीले र सभापतित्व सत्या उपाध्यायले गरेका थिए ।

कवितामा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रकाश लामिछाने, सहप्राध्यापक साउद र मदन पुरस्कार विजेता तथा सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीको शुभकामना मन्तव्य रहेको छ ।

‘देशको माटो’ ५० पृष्ठ लामो राष्ट्रिय भावनाले ओतप्रोत राष्ट्रभक्तिपूर्ण कविता हो । सङ्गम बुक्स पब्लिकेसन काठमाडौँले प्रकाशनमा ल्याएको उक्त कविता ५,७१५ शब्दको रहेको छ ।

प्रतिक्रिया

One thought on “५० पृष्ठ लामो ‘देशको माटो’ कविता विमोचन

Leave a Reply

Your email address will not be published. Required fields are marked *