नेप्सेमा पहिरो : ८८ अंकले बजार घट्दा परिसूचक अब २३ सयको लाइनमा

काठमाडौँ । सेयर बजार(नेप्से)मा साताकाे पहिलाे दिन आइतबार भारी गिरावट आएको छ ।

अघिल्लाे सातादेखि नै ओरालो यात्रामा रहेकाे बजारमा यसदिन ठूलाे गिरावट भएकाे हाे । यस दिन परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा ओर्लिएको छ । यस दिन सेन्सेटिभ परिसूचक समेत १५.१५ अंकले घटेर ४५०.०८ बिन्दुमा आइपुगेको छ ।

यस दिन कुल ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २ सय ५२ रुपैयाँमा २२८ कम्पनीका ७२ लाख २३ हजार २ सय ४० कित्ता सेयर किनबेच भएको छ ।

यस दिन युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ ।

यस दिन कारोबारमा आएका सबै उपसूचक राताम्य भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *