अमेरिकाकाे केन्टकीमा आँधीबाट १०० जनाकाे मृत्यु, आपतकाल घोषणा
२०७८ मंसिर २६ गते

न्युयोर्क । अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको छ । आँधीबाट अहिलेसम्म दर्जनौँको उद्दार गरिएको छ ।
आँधीका कारण केन्टुकीका दसाैँ हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टकीमा आपतकाल घोषणा गरिएको छ ।
२०७८ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित








