जन्ती लिन गएको बस दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकमा जन्ती लिन गएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ बलेफी गाउँपालिका ४ बिन्जेल, माझगाउँ नजिकै बा२ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय विनोद नेपालका अनुसार बसमा सवार केही घाइते भएका छन् । उनीहरुको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ । बलेफी-५ का स्थानीय सन्तोष भुजेलको आज काभ्रेको भुम्लुमा जन्ती लिएर जानको लागि बस कोठेबाट बिन्जेल जाँदै थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *