कृषि कम्पनीको क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचय पत्रको उद्घाटन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड वसुन्धरा, काठमान्डौले गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचय पत्र उद्घाटन गरेको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व प्रधानमन्त्री तथा माननीय डा. बाबुराम भट्टराई, विशिष्ट अतिथिको रूपमा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री चन्द्र बहादुर बुढा, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल लगायतका विभिन्न सरकारी निकायहरूको प्रमुखहरू, कृषकहरू, कृषि व्यवसायीहरू, सहकारीका प्रतिनिधिहरू र मुक्तिनाथ गु्रपसंग आबद्ध व्यक्तिहरुकोको उपस्थिति रहेको थियो ।
कम्पनीले देशभर रहेका कृषक तथा कृषि व्यवसायीहरू समक्ष वस्तु तथा सेवाहरू विस्तार गर्ने अभिप्राय अन्तरगत केन्द्रबाट भइरहेको सेवालाई थप सहज रूपमा सञ्चालन गर्न र कृषि व्यवसायिहरुलाई सेवा उपलब्ध गराउनको लागि प्रदेश स्तरीय कार्यालय स्थापना गर्ने कम्पनीको लक्ष अनुसार गण्डकी प्रदेशको लागि कास्की जिल्ला पोखरा महानगरपालिका स्थित नागढुङगामा कार्यालय तथा कृषि सामाग्रीहरूको प्रदर्शनी स्थलको स्थापना गरेका हौँ, कार्यक्रममा अध्यक्ष ढकालले भने ।
कार्यक्रममा गण्डिकि प्रदेशको प्रारम्भिक कार्य अवधारणा कम्पनी सचिव तथा वरिष्ठ प्रबन्धक रामशरण तिमल्सिनाले गरेका थिए ।
जसमा मुख्यतः कृषकसँग मुक्तिनाथ अभियान, कृषि उद्यमी परिचय पत्रको वितरण, कृषि श्रोत केन्द्रहरूको स्थापना, नवप्रवर्तन केन्द्रको सुरुवात, एक स्थानीय संरचना, एक कृषि परियोजना, अर्ग्यानिक मल बैंकको स्थापना र बजार केन्द्रको स्थापना लगायतका कार्यहरू रहेका थिए ।
त्यस्तै कार्यक्रमा बोल्दै मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कृषि आयातको अवस्था दयनीय रहेको र कृषि अर्थतन्त्रको सुधारमा कृषि कम्पनीले वृहत् रूपमा काम गर्नुपर्ने अभिमारा रहेको बताए।
विशिष्ट अतिथि चन्द्र बहादुर बुढाले कम्पनीले क्षेत्र विस्तारको क्रममा पहिलो प्रदेशको रूपमा गण्डकीबाट काम सुरु गरेकोमा धेरै धरै धन्यवाद दिँदै प्रदेश मन्त्रालय निजी क्षेत्रसङ समन्वय गर्नको लागि तयार रहको र निजी क्षेत्रसङ समन्वय गर्नको लागि नीति नियममा कठिनाइ रहेको भए त्यसलाई सुधारेर अघि बढ्न सकिने बताए ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कम्पनीको ध्येय, लक्ष्य, उद्देश्य र कार्यक्रमहरू एकदमै राम्रो रहेको तर कार्यान्वयनको लागि केही चुनौतीहरू रहेको औल्याएका छन् ।








