मंसिर २५ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. मंसिर २५, २०७८ । ई.सं. ११ डिसेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलाथ्व । राक्षस, दक्षिणायन हेमन्त । शनिबार मार्ग शुक्लपक्ष । तिथि- अष्टमी, २४:११ बजे उप्रान्त नवमी । नक्षत्र- पूर्वभाद्रपदा, २७:४४ बजे उप्रान्त उत्तरभाद्रपदा । योग- वज्र, १२:४८ बजे उप्रान्त सिद्धि । करण- भद्रा १२:२४ बजेदेखि वव, २४:११ बजे उप्रान्त तैतिल । चन्द्रराशि कुम्भ । आनन्दादि योग काल । दिनमान २५।५५ । सूर्योदय ६:४६ । सूर्यास्त १७:०८ । पञ्चक, शन्याष्टमीव्रत, गोरखकालीपूजा, बखुमद ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आफन्तको सहयोग मिल्नेछ । कुनै कुराले मनमा पनि छाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने मौका समेत मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिन सफल भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आकस्मिक धन लाभ हुनेछ, तर टाढाको यात्रा फलदायी हुँदैन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज तीर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज पारिवारिक समस्या आइपर्ला । आफैले गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *