मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश दिने
२०७८ मंसिर २४ गते

काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई ४६ प्रतिशत लाभांश दिने भएको छ ।
फाइनान्सको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट उक्त लाभाशं दिने निर्णय गरेको हो ।
फाइनान्सले सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने भएको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि तथा साधारणसभा पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।
२०७८ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित









