सवारी दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर। मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ११ रामपुर चौकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२त ७१३९ नम्बरको ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको  साइकललाई ठक्कर दिँदा साइकलमा सवार सोही स्थानका ३४ वर्षीय मुन्ना कुमार साहनी घाइते भएका हुन् ।

साहनीको कोशी अस्पताल विराटनगर पु-याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ।  ट्याक्टर र चालक सोही स्थानका १९ वर्षीय मुकेश कामत जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।

मोरङकै बुढीगंगा गाउँपालिका २ टङ्कीमा दक्षिणतर्फ जाँदै गरेको प्र. १–०४००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको छ। स्कुटर डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारेका २६ वर्षीय सुरज खनाल घाइते भएका थिए । उनको विराट मेडिकल कलेज टङ्कीमा उपचारको क्रममा राती साढे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nine =