बजगाईँले खटाए सरसफाइका लागि ७५ जना

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि कांग्रेस नेता राजेन्द्र बजगाईँले सरसफाइकर्मीहरू खटाएका छन् । केन्द्रीय सदस्यका आकांक्षी समेत रहेका बजगाईँले महाधिवेशन स्थलमा हुने फोहोर र फालिएका पर्च/पम्प्लेट टिप्नका लागि उनीहरूलाई खटाएका हुन् ।

शुक्रबार बिहानै ड्रेस लगाएर उनीहरू भृकुटी मण्डपतर्फ लागेका छन् । सरसफाइका लागि जस्तो देखिए पनि बजगाईँले उनीहरूको ड्रेसमा आफ्नो प्रचार गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *