‘द ब्रिटिस कलेज जब फेयर–२.०’ सम्पन्न

काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल(बीएसी)को मान्यता प्राप्त संस्था द ब्रिटिस कलेज (टीबीसी) को जब फेयर सम्पन्न भएको छ ।

थापाथलीस्थित कलेज परिसरमा २ दिन चलेको ‘टीबीसी जब फेयर– २.०’ मा राष्ट्रिय तथा बहुराष्ट्रिय गरी ४१ कम्पनीहरू सहभागी थिए ।

सो अवसरमा विद्यार्थीहरूले ४ सय बढी रोजगारीका लागि अन्तर्वार्ता दिएका थिए । पूर्व विद्यार्थी, स्नातक अन्तिम वर्षका बिबिए, बीएस्सी (हंस) कम्प्युटिङ तथा एसी, स्नातकोत्तरका एमएससी आइटी, एमबिए तथा एमआईबीएम तहका विद्यार्थी पनि जब फेयरमा सहभागी थिए ।

लक्ष्मी इन्टरकन्टिनेन्टल ग्रुप (हुण्डाई), घोराही सिमेन्ट, सम्राट् सिमेन्ट, सिजी होल्डिङ, क्लासिक टेक, डिसहोम प्रालि, एसएमटेक टेक्नोलोजी, सेफ्वे टेक्नोलोजी, क्लाउड फ्याक्ट्री, जेनेसीस सोलुसन, वियोण्ड आइडी, लिप फ्रग टेक्नोलोजी इंक, पेप्सी (वरुण विभरेज), सामसुङ इण्डिया, विशाल ग्रुप (युडीएन), दक्ष नेपालको सहभागिता थियो ।

त्यस्तै आइडीपी, आइएमई ग्रुप, मिडास, दराज, सस्तो डिल, एक्ट ३६०, एफवान सफ्ट (इ–सेवा), युएनडिपी, भिएसओ इन्टरनेशनल, टिच फर नेपाल, अम्बे स्टिल्स, शङ्कर ग्रुप (जगदम्बा स्टिल्स), सिजी फुड्स, सुजल फुड्स, सिद्धिलक्ष्मी स्टिल्स्, जावलाखेल ग्रुप अफ कम्पनी, फ्युलर हिमालयन लिमिटेड, उपाय सिटी कार्गो, किरण सुज, गोल्यान ग्रुप, सिइ कन्स्ट्रक्सन, नेपाल लाइफ इन्स्योरेन्स, वर्ल्ड लिङ्क प्रालि सहभागी थिए ।

‘इच्छुक विद्यार्थीहरूको लागि रोजगारी खोज्न मद्दत गर्दै आइरहेका छौँ । त्यसैले पनि यो जब फेयर आयोजनाले हामी हाम्रा विद्यार्थीहरूलाई आवश्यक पर्ने सही रोजगारी वा इन्टर्नसिप खोज्न सम्भव बनाउने कुरामा आशावादी छौँ,’ जब कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *