भ्रष्टाचार विरुद्ध लाग्न र न्यायलयको अवरोध हटाउन ट्रान्सपरेन्सीको आह्वान

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपालको न्यायालयमा देखिएको अवरोधलाई चाँडै हटाउन आह्वान गरेको छ ।

हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सम्बन्धित विवादले न्याय सम्पादनमा लामो समयसम्म गम्भीर अवरोध आएको सम्बन्धमा पनि यसको निकासका लागि प्रधानन्यायाधीश आफै र सम्बद्ध पक्ष सक्रिय हुन उसले आह्वान गरेको हो । ​भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अबसरमा ट्रान्सपरेन्सी नेपालले यस्तो आग्ह गरेको हो ।

दशकौंदेखि विभिन्न सरकार परिवर्तनका वावजुद पनि नेपालमा भ्रष्टाचार नियन्त्रणको एजेन्डाले उचित प्राथमिकता पाउन सकेको नननसकेको भन्दै टट्रान्सपरेन्सीले आपत्तत्तिसमेत जजनाएको छ ।

भ्रष्टाचारसम्बन्धी केही काण्डहरू सार्वजनिक हुँदा पनि त्यसमा सम्बद्ध संवैधानिक र सरकारी पक्षहरूबाट यथोचित अनुसन्धान र कारबाही हुन सकेन ,’ उसले भनेको छ, ‘राजनीतिक भ्रष्टाचार र पदको दुरुपयोग प्रमुख समस्याको रुपमा रहेको देखाएको थियो तर, यसतर्फ विगत तथा नयाँ सरकार गम्भीर भएको महसुस भएको छैन ।’

साथै, यस दिवसका अवसरमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल कोभिड माहामारीको नियन्त्रण प्रभावकारी बनाउन खोप वितरणलगायतमा पारदर्शिता, द्रुतता एवं समावेशीता अपनाउन सरकारलाई र भ्रष्टाचार विरुद्धको आवाज उठाउँदै रहन सम्पूर्ण सचेत नागरिकलाई अपिल गर्दछ ।

​सन् २००३, डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी अनुमोदन गर्न खुल्ला गरिएको थियो । यसै दिनलाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा विश्वभरि नै मनाइने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =