करार प्राध्यापकलाई स्थायी नगर्न दबाब

काठमाडौँ । विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालयका करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । बिहीबार बसेको विद्यार्थी संगनठहरूकाे बैठकले निणर्य फिर्ता नगरे प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

‘त्रिभुवन विश्वविद्यालयले करार शिक्षकहरूलाई स्थायी गर्ने निर्णय तत्काल खारेजीको माग गर्दछाैँ,’  बैठकपछि निकालिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने भएकाले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन सशक्त प्रतिरोधमा उत्रिने चेतावनी दिन चाहन्छाैँ ।’

उनीहरूले त्रिवि केन्द्रीय क्याम्पसमा प्रहरी हस्तक्षेप भएको विरोधमा शुक्रबार १ बजे कीर्तिपुर क्याम्पसमा प्रदर्शन गर्ने पनि जनाएका छन् । विद्यार्थी संगठनहरूले सीटीईभीटीमा चिकित्सा शिक्षा ऐनविपरीत गर्न लागिएको भर्नाको विरोध गर्दै पीसीएल नर्सिङको भर्ना तत्काल खोल्न माग गरेका छन् । यस्तै बढी शुल्क उठाउने मेडिकल कलेजलाई कारबाही गर्न पनि विद्यार्थी संगठनले माग गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *