त्रिभुवन विमानस्थलमा निःशुल्क सटल बस सेवाले यात्रुलाई सहज

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित निःशुल्क सटल बस सेवाले यात्रुलाई सहज भएको छ । विमानस्थलमा कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने र भाडा महँगो लिएर यात्रुलाई दुःख दिएको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा तीन वटा माइक्रो बसलाई सटल बसका रूपमा सञ्चालनमा ल्याएको थियाे ।

सटल बसहरूले धमाधम सेवा दिन थालेपछि यात्रुलाई अहिले निकै राहत भएको आफूले बुझेको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री तारा लामाले बताए । उनले भने, “सटल बस सेवाले यात्रुलाई निकै राहत भएको छ, म पनि आज त्यही बस चढेर गोल्ड गेटसम्म आए यात्रा राम्रै भयो ।”

तीन वटा सटल बसहरूले दैनिक रूपमा बिहानदेखि बेलुकासम्म सेवा दिन थालेपछि ट्याक्सी चालकको झन्झटबाट यात्रुहरूले मुक्ति पाएको अर्का यात्रु विनोद जोशीले बताए । उनले भने, “विगतमा कतिपय ट्याक्सी चालकले निकै दुःख दिने गरेका थिए, मन्त्री आलेको पहलमा सटल बस सुरु भएपछि अब यात्रुलाई सहज भएको छ ।”

सटल बस सेवाले विमानस्थलदेखि गोल्डेन गेट र गोल्डेनदेखि विमानस्थलसम्म निःशुल्क सेवा दिँदै आएको छ  । उक्त सेवा सुरु भएपछि यात्रुका सरसामानदेखि अन्य कुराहरु गोल्डेन गेटसम्म लैजान र विमानस्थलसम्म पु-याउन सहज भएको विमानस्थलका कर्मचारी यज्ञराज भट्टले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =