सभापतिको दाबी कायमै रहेको शेखर र प्रकाशमानको भनाइ 

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका नेपाली कांग्रेसका नेताहरू प्रकाशमान सिंह र डा शेखर कोइरालाले उम्मेदवारको दाबीमा कायमै रहेको बताएका छन् ।

संस्थापन इतर पक्षबाट सहमति गरी सभापतिमा एक जना मात्र उम्मेदवार बनाउने कोसिस भइरहँदा दुवै जनाले आफ्नो दाबी कायमै रहेको बताएका छन् । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले सभापतिमा कोइरालाले दाबी छोडेको भन्ने कुरा गलत भएको बताएका छन् ।

यस्तै काठमाडौँमा आयोजित कार्यक्रममा सिंहले पनि आफ्नो उम्मेदवारी कायमै रहेको बताए । उनीहरू दुवैले पावर सेयरिङ गर्न तयार रहेको तर सभापतिमा भने आफैँ उठ्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *