हेलिकप्टर दुर्घटनामा निधन भएका भारतीय चिफ अफ डिफेन्स स्टाफ रावतको अन्त्येष्टि भोलि

नयाँ दिल्ली । बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्वसेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्त्येष्टि गरिने भएको छ । भारतीय वायुसेनाले ट्विट गरेर सो जानकारी दिएको हो ।

उनको शव आज दिल्ली ल्याइदैछ । रावत चढेको भारतीय वायु सेनाको एमआई-१७भी५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा १४ जना सवार थिए । दुर्घटनामा जलेर गम्भीर एक घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ । भारतीय सेनाका पूर्वप्रमुख रावत सन् २०२० को जनबरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए । रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे बिहीबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ । -एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *