महासचिव पुरीद्वारा माओवादी प्रचार विभाग सदस्य अस्वीकार
२०७८ मंसिर २२ गते

काठमाडौँ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले नेकपा (माओवादी केन्द्र) ले आफूलाई पार्टीको प्रचार तथा प्रकाशन विभागको सदस्य बनाएकोप्रति विरोध जनाएका छन् । आफूलाई नसोधिकन सदस्यमा राखिएको भन्दै महासचिव पुरीले सदस्य अस्वीकार गरेका हुन् ।
बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी गरेको आन्तरिक सर्कुलरको प्रचार तथा प्रकाशन विभागमा पुरीको नाम २८ नं.मा राखिएको छ । यसपछि आफ्नो ध्यानाकर्षण भएको जनाउँदै पुरीले आफू पत्रकार महासंघको महासचिव रहेसम्म पार्टीको प्रचार-प्रसारको काममा नरहेने बताएका छन् ।
आफूलाई नसोधिकन सदस्य बनाएकोप्रति असहमति जनाउँदै पुरीले आफ्नो आधिकारिक फेसबूकमार्फत भनेका छन्, ‘नेपाल पत्रकार महासंघको महासचिव रहेसम्म पार्टीको प्रचार विभाग वा पार्टीका अन्य निकायमा नरहने कुरा जानकारी गराउँदछु ।’

२०७८ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








