डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा ‘डायनामिक कम्बो प्याक’

काठमाडौं । डिशहोम फाइबरनेटले डाइनामिक  कम्बो प्याक अफर अन्तर्गत ४० एमबिपिएस इन्टरनेट बार्षिक मात्र १२ हजार ९ सय ९९ मा ल्याएको छ ।

जस अन्तर्गत डिशहोम फाइबरनेटसँगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउने डिशहोमले जनाएको छ । यो सुविधा २५ एमबिपिएस वार्षिक ११ हजार ५०० मा पनि लिन सक्ने जनाएको छ ।

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभोड जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।  फाइबरनेटका योजनाहरु १० एमबिपिएस देखि १०० एमबिपिएस सम्म उपलब्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *